युईएफए च्याम्पियन्स लिग फुटबलमा म्यानचेस्टर सिटीले शानदार जित हात पारेको छ । समूह चरणअन्तर्गत गएराति सम्पन्न खेलमा उसले कोपनहेगनविरुद्ध ५–० गोल अन्तरको जित हात पारेको हो । सिटीको फराकिलो जितमा अर्लिङ हालाण्ड नायक सावित भए । उनले खेल अवधिभर दुई गोल गरे ।
त्यस्तै, रियाद महरेज र जुलियन अल्भारेजले एक/एक गोल गरे । सिटीले एक गोल भने आत्मघाती उपहार पायो । खेलको सातौं मिनेटमा हालान्डले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यस्तै, ३२ औं मिनेटमा उनकै गोलमा सिटीले २–० को अग्रता लियो । खेलको ३९ औं मिनेटमा कोपनहेगनका खोचोलाभाले आत्मघाती गोल गरे । ५५ औं मिनेटमा महरेजले गोल गरेपछि सिटीको अग्रता ४–० को बन्यो । ७६ औं मिनेटमा अल्भारेजले गोल गर्दै सिटीलाई ५–० को जित सुनिश्चित गरे ।
यो जितपछिसमूह ‘जी’ को सिटीले तीन खेलमा ९ अंक जोडेको छ । शीर्ष स्थानमा रहेको सिटी अपराजित छ । पराजित कोपनहेगन एक अंकका साथ तालिकाको पुछारमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।