युइएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत एसी मिलानविरुद्ध चेल्सी विजयी भएको छ । समूह चरणअन्तर्गत गएराति सम्पन्न खेलमा ऊ ३–० गोल अन्तरले विजयी भएको हो ।
चेल्सीको जितमा वेस्ले फोफाना, पिएरे एमरिक अबमेयाङ र रिस जेम्सले समान एक गोल गरे । जितसँगै चेल्सीले ३ खेलबाट ४ अंक जोडेको छ ।
समूह ‘इ’ रहेको चेल्सी दोस्रो स्थानमा छ । पराजित मिलान ४ अंकका साथ तेस्रो स्थानमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।