कोइराला समूहको अलग्गै भेला बस्दै

नेपाली कांग्रेसभित्र सिट बाँडफाँटमा असन्तुष्ट रहेका शेखर कोइराला समूहको भेला अपरान्ह २ बजे देखि बस्दैछ ।

काठमाडौको अनुपम फुडल्यान्डमा बस्ने भेलाले संस्थापन पक्षले कोइराला समूहसँग गरिरहेको विभेदका बारेमा छलफल हुने नेता भूपेन्द्रजंग शाहीले जानकारी दिए । 

आगामी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कांग्रेस संस्थापन पक्षले एकलौटी गरेको भन्दै त्यसको विरोधमा कोइराला समूहले केन्द्रीय कार्यालय सानेपा घेर्नेदेखि अलग भेला गर्दै आएकाे छ ।

समानुपातिक बन्दसूचीमा एकलौटी गरेको भन्दै विरोध गरेपछि संस्थापन पक्षले नामावली सच्याउने काम गरेको थियो । 





  • प्रकाशित मिति : असोज २०, २०७९ बिहीबार १२:५८:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया