रसायशास्त्रतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई संयुक्त प्रदान गरिने

यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिक क्यारोलिन बर्टोजी, मोर्टन मेल्डल र ब्यारी शार्पलेशलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ । 

क्लिक केमिस्ट्रीसमेत भनिने अणुहरूको समूहलाई काँटछाँट गर्ने कामका लागि तीन वैज्ञानिकलाई उक्त पुरस्कार दिइने भएको नोबेल समितिले जनाएको छ । तीनजना विजेताले एक करोड स्विडिश क्रोना अर्थात् ८ लाख पाउन्ड बराबरको पुरस्कार रकम बाँडेर लिनेछन् ।

पुरस्कृतमध्ये ८१ वर्षीय शार्पलेसले नोबेल पुरस्कार पाएको यो दोस्रोपटक हो । यसअघि उनले सन् २००१ मा नोबेल पुरस्कार प्राप्त गरेका थिए ।

गत वर्षको रसायनतर्फको नोबेल पुरस्कार दुईजना वैज्ञानिकलाई संयुक्तरूपमा प्रदान गरिएको थियो । 





  • प्रकाशित मिति : असोज २०, २०७९ बिहीबार १३:५६:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया