मेमे पोखरी घुम्न गएका श्रीमान्‌को मृत्यु, श्रीमती बेपत्ता

दसैंको समयमा लमजुङको ऐतिहासिक पर्यटकीय मेमेपोखरी (४,८०० मिटर) घुम्न गएका एकजनाको मृत्यु भएको छ । त्यस्तै, एकजना बेपत्ता भएका छन् ।

सँगै गएका  पाँचमध्ये ३ जना भेडीगोठमा बसिरहेका छन् । मौसम खराबीका कारण उनीहरूको उद्धार हुन सकेको छैन । लमजुङको बेंसीशहर नगरपालिका–१०, साँधुका २६ वर्षीय बुद्ध तामाङ अर्थात् दयासागर योन्जनको मृत्यु भएको हो । उनीसँगै यात्रा गरिरहेकी श्रीमती २४ वर्षीया शर्मिला तामाङ सम्पर्कविहीन भएकी छन् ।

उनीहरूको खोजी कार्यमा जुटेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु विकका अनुसार मेमे पोखरी घुम्न गएका ५ जनामध्ये एक जनाको श्रीमान्‌को मृत्यु भएको र श्रीमती बेखबर बनेको अन्य तीन जनाले बताएका छन् । शर्मिलाका बुबा, आफ्नै भाइ र काकाको भाइ करिब ४ हजार मिटर उचाइको च्यार्बो भन्ने ठाउँको भेडीगोठमा आएर बसेको विकले बताए ।

दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले मेमे पोखरी घुम्न गएका युवकलाई लेक लागेको जानकारी आएपछि प्रहरीलाई खबर गरेको र टाप गाउँका युवाहरूलाई उद्धारका लागि पठाएको बताए ।

लमजुङ सदरमुकाम बेंसीशहरबाट बराहपोखरी पुग्न तीन दिन लाग्छ । यसका लागि एक दिनमा बराहपोखरी पुग्नुपर्छ ।  





  • प्रकाशित मिति : असोज २२, २०७९ शनिबार ७:१२:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया