भारतको महाराष्ट्रमा गुडिरहेको बसमा बसमा आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ । नासिक–औरंगाबाद मार्गको नान्दुर्नाका भन्ने स्थानमा गएराति बसमा आगलागी हुँदा ११ यात्रुको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
नासिक प्रहरीका अनुसार घाइतेलाई अस्पताल भर्ना गरिएको छ । तर, उनीहरूको संख्या खुलाइएको छैन । धेरै मानिस जलेका कारण मृत्यु हुनेको संख्या बढ्ले अनुमान गरिएको छ ।
बस यवतमालबाट मुम्बई जाँदै थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।