काठमाडौंको रुद्रमतिखोला नजिकै डेंगुको लार्भा भेटिएको छ । डेंगुको सङ्क्रमण खास गरी एडिज प्रजातिको लामखुट्टेको टोकाइबाट हुने गर्दछ ।
यस्तो लामखुट्टे गर्मी एवं वर्षाको समयमा जमेको सफा पानीमा जन्मने र हुर्कने गर्छ । जस्तै कुवाको पानी, खाल्डाखुल्टीमा जम्मा भएको पानी, नालाको पानी आदिमा यस्तो लार्भा हुर्कने गर्दछ ।
यो रोग लामखुट्टेको टोकाइबाट सर्ने र फैलने गर्छ भने डेंगु सार्ने लामखुट्टेले प्रायः दिउँसो मात्र टोक्छ । उपत्यकाभित्र पनि डेंगुको आतंक दिनप्रतिदिन बढ्दै गएको पाइन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।