पाकिस्तानले न्युजिल्याण्डमा जारी त्रिकोणात्मक टी-२० सिरिजमा लगातार दोस्रो जित निकालेको छ । उसले आज सम्पन्न खेलमा घरेलु टाेलीलाई ६ विकेटले हराउँदै लगातार दोस्रो जित हात पारेकाे हाे ।
यसअघि पाकिस्तानले बंगलादेशलाई २१ रनले हराएकाे थियाे । १४८ रनकाे लक्ष्य पाकिस्तानले १८.२ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायाे ।
उसका लागि अविजित ७९ रनकाे पारी खेलेका कप्तान बाबर आजमले ५३ बलमा ११ चाैका प्रहार गरे । शादब खानले ३४,माेहम्मद नवाजले १६ र हैदर अलीले अविजत १० रन जाेडे ।
न्युजिल्याण्डका ब्लेयर टिक्नरले २ तथा ट्रेन्ट बाेल्ट र टिम साउदीले १/१ विकेट लिए । त्यसअघि क्राइस्टचर्चस्थित हेल्गे ओभलमा टस जितेर ब्याटिङ राेजेकाे न्युजिल्याण्डले निर्धारित २० ओभर ८ विकेट गुमाउँदै १४७ रन बनाएकाे थियाे ।
उसका लागि डिभाेन काेन्वेले सर्वाधिक ३६ रनकाे याेगदान दिए । मार्क च्याम्पम्यानले ३२, कप्तान केन विलियमसनले ३१, ग्लेन फिलिप्सले १८ र फिन एलनले १३ रन जाेडे ।
पाकिस्तानका लागि हरिस राैफले ३, माेहम्मद वासिम र माेहम्मद नवाजले २/२ तथा शहनवाज दहानीले १ विकेट लिए । याे जितसँगै पाकिस्तानले २ खेलमा ४ अंक जाेड्दा न्युजिल्याण्डले हारबाट सिरिजकाे सुरूवात गरेकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।