नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन–३ छाडेपछि सो स्थानमा डा. भोजराज अधिकारी उम्मेदवार हुने भएका छन् ।
सत्तारुढ गठबन्धनको भागबन्डामा चितवन–३ माओवादी केन्द्रलाई परेपछि प्रचण्डले आफ्नो निर्वाचन क्षेत्र छाडेर गोरखा–२ रोजेपछि अधिकारीलाई सो स्थान दिन लागिएको हो ।
भरतपुर अस्पतालका अध्यक्षसमेत रहेका डा. अधिकारीलाई चितवन–३ बाट उम्मेदवार बनाउनका लागि प्रचण्डले समेत निर्देशन दिएपछि अधिकारीले तयारी सुरु गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।