\
नेकपा एमाले र जनता समाजवादी पार्टी नेपालबीच चुनावी तालमेलसँगै मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभा सदस्य पदका लागि टिकट पाएका छन् ।
मुख्यमन्त्री राउत फेरि प्रदेशसभा सदस्यमै चुनाव लड्ने भएका हुन् । जसपाले उनलाई पर्सा–१ काे (ख) मा उम्मेदवार बनाउने भएको छ ।
यसअघि २०७४ सालको निर्वाचनमा उनी सोही निर्वाचन क्षेत्रबाट प्रदेशसभा सदस्य पदमा निर्वाचित भएका थिए ।
राउतले ९ हजार ८०४ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विजयकुमार सर्राफले ६ हजार ८२९ मत ल्याएका थिए।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।