इंग्लिस प्रिमियर लिगअन्तर्गत आज सम्पन्न खेलमा म्यानचेस्टर सिटीले जित हात पारेकाे छ । उसले घरेलु मैदान इतिहाद स्टेडियममा साउथह्यामटनविरुद्ध ४-० काे सहज जित हात पारेको हाे ।
सिटीलाई जित दिलाउन जाओ कान्सेलाे, फिल फाेडेन, रियाद महारेज र एर्लिङ हालान्डले एक/एक गाेल गरे । खेलकाे २० औं मिनेटमा कान्सेलाेकाे गाेलमार्फत सिटीले अग्रता लिएकाे थियाे ।
३२ औं मिनेटमा फाेडेनले टाेलीकाे अग्रता दाेब्बर बनाए । ४९ औं मिनेटमा महारेजले गाेल गरेपछि सिटी ३-० ले अघि बढ्याे । ६५ औं मिनेटमा हालान्डले गाेल गर्दै घरेलु टाेलीलाई ४-० काे सहज जित दिलाए ।
जितसँगै ९ खेलमा २३ अंकका साथ शीर्ष स्थानमा उक्लिँदा पराजित साउथह्यमटन समान खेलबाट ७ अंकका साथ १६ औं स्थानमा छ । लिगअन्तर्गतकै अन्य खेलमा न्युकासल युनाइटेड, चेल्सी र बर्नमाउथले पनि जित हात पारे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।