एमालेको समर्थनमा कमल थापा मकवानपुर–१ मा चुनाव लड्ने

राप्रपा नेपालका अध्यक्ष कमल थापा मकवानपुर–१ बाट आसन्न प्रतिनिधि सभा निर्वाचन लड्ने भएका छन् । राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाका अनुसार थापा नेकपा एमालेको सहयोगमा चुनाव लड्न लागेका हुन् । 

’नेकपा एमालेको सहयोगमा मकवानपुर–१ बाट अध्यक्ष कमल थापा उम्मेदवार बन्ने निश्चित भएको छ,’ बर्तौलाले भने, ‘चुनाव चिह्न के लिएर लड्ने भन्ने विषयमा जिल्लाका अगुवा कार्यकर्ताहरूसँग छलफल भइरहेको छ ।’ 

बर्तौलाले एमालेले सूर्य चिह्न लिएर प्रतिस्पर्धामा जान आग्रह गरेको बताएका छन् । २०५१ मध्यावधीमा यो निर्वाचन क्षेत्रबाट थापा राप्रपाबाट विजयी भएका थिए ।
 





  • प्रकाशित मिति : असोज २२, २०७९ शनिबार २२:२:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया