सत्ता गठबन्धन र लोसपाबीच मधेसमा मात्र तालमेल, प्रतिनिधिसभामा पायो ८ सिट

जनता समाजवादी पार्टी (जसपा) ले नेकपा एमालेसँग तालमेल गर्ने भएपछि सत्ता गठबन्धनमा जोडिएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि ८ सिट पाउने भएको छ । 

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छलफलबाट आफूहरूले ८ सिट पाउने सहमति भएको लोसपा नेता लक्ष्मणलाल कर्णले जानकारी दिए । उनले भने, ‘गठबन्धनबाट हामीले प्रतिनिधि सभाका ८ र प्रदेश सभाका १६ सिट लिने भएका छौं ।’   

स्रोतका अनुसार प्रतिनिधि सभातर्फ लोसपाले मधेश प्रदेशमा मात्र सिट पाएको छ । यद्यपि निर्वाचनको विषयमा पूर्णरूपमा टुंगाे लाग्न बाँकी छ । 

शनिबारको छलफलमा कांग्रेसका तर्फबाट प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवासहित नेताहरू सहभागी तथा लोसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरू शरतसिंह भण्डारी, अनिल झा, जितेन्द्र सोनाललगायत सहभागी छन् । 

गठबन्धनमा कांग्रेसले ९०, माओवादी केन्द्रले ४७, नेकपा एकीकृत समाजवादीले १९ र राष्ट्रिय जनमोर्चाले २ सिट पाएका छन् ।    
 





  • प्रकाशित मिति : असोज २२, २०७९ शनिबार २२:१३:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया