गगन थापा काठमाडौं ४ बाटै कांग्रेस उम्मेदवार

नेपाली कांग्रेसले काठमाडौं जिल्लाका उम्मेदवारहरु टुंगो लगाएको छ । गठबन्धनबाट आफ्नो भागमा परेका क्षेत्रमा कांग्रेसले उम्मेदवार टुंगो लगाएको हो । 

कांग्रेसको निर्णयअनुसार काठमाडौं ४ बाट महामन्त्री गगन थापा चुनावी मैदानमा उत्रिनेछन् । यसअघि उनी सर्लाही ४ बाट उम्मेदवार बन्न सक्ने भन्दै विभिन्न अड्कलबाजी बाहिर आएका थिए । तर, थापाले त्यसलाई अस्वीकार गरेका थिए ।

त्यस्तै, नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल आसन्न प्रतिनिधिसभा निर्वाचनमा काठमाडौंको क्षेत्र नम्बर ५ बाट उम्मेदवार बन्ने भएका छन् । उनलाई नेपाली कांग्रेसले काठमाडौं ५ बाट उम्मेदवार बनाउने निर्णय गरेको हो । 

काठमाडौंका १० क्षेत्रमा कांग्रेसबाट ६ वटा क्षेत्रमा उम्मेदवार हुने भएका छन् । अन्य चार क्षेत्रमा गठबन्धनका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टीबाट उम्मेदवार बन्ने भएका छन् । 

काठमाडौं १ मा कांग्रेस नेता प्रकाशमान सिंह नै उम्मेदवार बन्ने भएका छन् । 

काठमाडौं ६ मा भीमसेनदास प्रधान र काठमाडौं १० मा राजेन्द्र केसीलाई उम्मेदवार बनाउने कांग्रेसले निर्णय गरेको छ । काठमाडौं ३ मा सन्तोष चालिसे उम्मेदवार बन्दै छन् । 





  • प्रकाशित मिति : असोज २२, २०७९ शनिबार २२:४९:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया