स्पेनिस ला लिगाअन्तर्गत गएरातिकाे खेलमा रियल मड्रिडले जित हात पारेकाे छ । उसले घरेलु टाेली गेटाफेविरुद्व १-० काे कठिन जित हात पारेकाे हाे ।
काेलिसियम अल्फन्साे पेरेज स्टेडियममा इडर मिलिटाओले गरेकाे एक मात्र गाेल रियललाई जित दिलाउन पर्याप्त बन्याे ।
उनले खेलकाे तेस्रो मिनटमै लुका माेड्रिचकाे पासमा गाेल गरेका थिए । जितसँगै ८ खेलमा २२ अंक जाेडेकाे रियल शीर्ष स्थानमा उक्लिँदा पराजित गेटाफे समान खेलमा ७ अंकका साथ १६ औं स्थानमा छ ।
लिगअन्तर्गतकै अन्य खेलमा एथलेटिकाे मड्रिड र अल्मेरियाले जित हात पार्दा सेभिया बराबरीमा राेकियाे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।