युभेन्टसविरुद्ध एसी मिलानको सहज जित

इटालियन सिरी ‘ए’ अन्तर्गत गएरातिको खेमलमा एसी मिलानले  जित हात पारेको छ । उसले घरेलु मैदानमा युभेन्ट्सविरुद्ध २–० को सहज जित हात पारेको हो । 

सान सिरोमा मिलानलाई जित दिलाउन फिकायो टोमोरी र ब्राहिम डियाजले १–१ गोल गरे । पहिलो हाफको थप गरिएको समयमा टोमोरीले गोल गर्दै मिलानलाई अग्रता दिलाए । उनले ओलिभर जिरुडको पासलाई सदुपयाृग गरेका हुन् । 

५४ औं मिनेटमा डियाजले गोल गरेपछि  घरेलु टोलीले २–० को सहज जित निकाल्यो  । जितसँगै मिलान ९ खेलमा २० अंकका साथ तेस्रो स्थानमा रहँदा पारजित युभेन्टस समान खेलमा १३ अंकका साथ आठौं स्थानमा छ । 

लिगअन्तर्गतकै अन्य  खेलमा इटल मिलानले सासोउलोलाई २–१ ले पराजित गर्दा साम्पडोरियाले बोलोग्नासँग १–१ को बराबरी खेलेको छ । 





  • प्रकाशित मिति : असोज २३, २०७९ आइतबार ८:३:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया