मोरङ-६ मा पुनः लालबाबु पण्डित र डा. शेखर कोइरालाको चुनावी भिडन्त

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर ६ बाट नेकपा (एमाले) का नेता तथा पूर्व मन्त्री लालबाबु पण्डितले उम्मेदवारी दर्ता गराएका छन् । 
जिल्ला समन्वय समिति स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर नेता पण्डितले उम्मेदवारी दर्ता गराएका हुन् । 

त्यस्तै नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले सत्ता गठबन्धनको तर्फबाट सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन् । उनी २०७४ सालको निर्वाचनमा एमालेका नेता पण्डितसँग पराजित भएका थिए । 

उम्मेदवारी दर्तासँगै यस पटक पनि दुवै नेताबीच पुनः चुनावी भिडन्त हुने निश्चित भएको हो ।





  • प्रकाशित मिति : असोज २३, २०७९ आइतबार १६:०:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया