मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सभाका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । उनले पर्साको १(ख)बाट उम्मेदवारी दर्ता गराएका हुन् ।
मुख्यमन्त्री राउतले जनता समाजवादी पार्टी नेपालको तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् । यसअघि २०७४ सालको निर्वाचनमा उनी सोही निर्वाचन क्षेत्रबाट प्रदेशसभा सदस्य पदमा निर्वाचित भएका थिए ।
राउतले ९ हजार ८०४ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विजयकुमार सर्राफले ६ हजार ८२९ मत ल्याएका थिए।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।