काठमाडौं क्षेत्र नम्बर ५ बाट सत्तारुढ गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले संघीय राजधानी, राजधानीजस्तो नभएकाले राजधानी बनाउन आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।
आइतबार मनोनयन दर्ता गराउँदै उनले मुलुकलाई स्थिरता र सुशासन दिनका लागि आफ्नो उम्मेदवारी भएको बताए । सुसाशन कायम गर्ने, भ्रष्टाचार शून्य गर्ने, नागरिकको विकासका लागि काम गर्ने प्रतिबद्धतासमेत उनले जनाए ।
गठबन्धनका प्रतिनिधिलाई चुन्दा पछुताउनुपर्ने अवस्था नआउने दाबी गर्दै नेता पौडेलले भने, ‘यो राजधानीको केन्द्र हो, यहाँ हुने गतिविधिले देशलाई सन्देश प्रवाह गर्छ । यो मुलुकमा सुशासन कायम गर्नको निम्ति कतै खोट नदेखिने गरेर काम गर्नेछौँ । सुसाशन कायम गर्ने, भ्रष्टाचार शून्य गर्ने, नागरिकको विकासका लागि हामी काम गर्नेछौँ । राजधानी राजधानी जसरी विकास हुन सकेको छैन । हामीलाई प्रतिनिधि बनाउँदा जनतालाई पछुताउनुपर्ने अवस्था आउने छैन ।’
नेता पौडेलले आफूसँग जितको आधार प्रशस्त रहेको बताए । काठमाडांै क्षेत्र नम्बर ५ मा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र स्वतन्त्र उम्मेदवार रञ्जु दर्शनाले पनि उम्मेदवारी दिएका छन् । त्यस्तै, कलाकार मधुसुदन पाठक (सीतेबा)ले पनि स्वतन्त्र उम्मेदवारको रुपमा मनोनयन दर्ता गराएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।