घरेलु टोली भारतले दक्षिण अफ्रीकाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत दोस्रो खेलमा जित हात पारेको छ । उसले गएरातिसम्पन्न खेलमा ७ विकेटकाे जित हात पारेकाे हाे ।
भारतकाे याे जितसँगै तीन खेलकाे सिरिज १-१ को बराबरीमा आएकाे छ । २७९ रनको लक्ष्य भारतले ४५.५ ओभरमा ३ विकेट गुमाउँदै भेट्टायाे ।
भारतका लागि श्रेयस अय्यरले १११ बलमा १५ चाैकासहित अविजित ११३ रनको शतकीय पारी खेले । ९३ रनकाे उत्कङ पारी खेलेका इशान किशनले ८४ बलमा ७ छक्का र ४ चाैका प्रहार गरे ।
सञ्जु स्यामसनले अविजित ३०, शुभमन गिलले २८ र कप्तान शिखर धवनले १३ रन जाेडे ।दक्षिण अफ्रिकाका लागि बजाेर्न फाेर्टुन, वायन पार्नेल र कागिराे रवाडाले १/१ विकेट लिए ।
त्यसअघि राँचीस्थित जेएससिए अन्तर्राष्ट्रिय स्टेडियम कम्प्लेक्समा टस जितेर ब्याटिङ राेजेकाे दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २७८ रन बनाएकाे थियाे ।
उसका लागि एडेन मार्करम र रीजा हेन्ड्रिक्सले उत्कृष्ट प्रदर्शन गरे । मार्करमले ८९ बलमा ७ चाैका र १ छक्कासहित ७९ रन बनाए । ७४ रनकाे याेगदान दिएका हेन्ड्रिक्सले ७६ बलमा ९ चाैका र १ छक्का प्रहार गरे ।
डेविड मिलरले अविजित ३५,हेन्रिच क्लासेनले ३०, जान्नेम्यान मलानले २५ र वायन पार्नेलले १६ रन जाेडे ।भारतका लागि माेहम्मद सिराजले ३ तथा वासिङ्टन सुन्दर, शहबाज अहमद, कुलदीप यादव र शार्दुल ठाकुरले १/१ विकेट हात पारे ।
पहिलाे खेलमा दक्षिण अफ्रिका ९ रनले विजयी भएकाे थियाे । सिरिजकाे तेस्रो तथा अन्तिम खेल भाेलि हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।