सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा आठ सय रुपैयाँले घटेको छ । हिजो प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज आठ सय रुपैयाँले घट्दै ९५ हजार दुई सय रुपैयाँमा झरेको हो ।
आज तेजाबी सुनको मूल्यसमेत तोलामा आठ सय रुपैयाँले घट्दै ९४ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा तोलामा २५ रुपैयाँले घट्दै आज एक हजार २३० रुपैयाँमा कारोबार भइरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।