logo-img

त्रिशूली जलविद्युतको आइपिओमा हालसम्म ११ करोड ८१ लाख रुपैयाँ संकलन

त्रिशूली जलविद्युत कम्पनीको आइपिओको बाँकी रकम २४ असोजसम्म ५७ हजार ९६२ जनाले १३ लाख ५८ हजार ४१४ कित्ता सेयरका लागि ११ करोड ८१ लाख ८२ हजार १८ रुपैयाँको चुक्ता ५७ हजार ९६२ जनाले गरेका छन् । त्रिशूलीले ४ असोजदेखि आफ्ना सेयरधनीहरूलाई चुक्ता हुन बाँकी रकम जम्मा गर्न आग्रह गरेको हो । 

त्रिशूलीको आइपिओ ७ चैत २०७५ मा खुलेको थियो । त्यसबेला कम्पनीले जारी पुँजी दुई अर्ब ४७ करोड रुपैयाँको १५५ अर्थात् ३७ करोड पाँच लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका ३७ लाख ५ हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियो । उक्त सेयरमा अंकित मूल्यको १०५ का दरले प्रतिकित्ता १० रुपैयाँका दरले अग्रिम माग गरिएको थियो ।

कम्पनीले प्रतिकित्ता १० रुपैयाँका दरले रकम भुक्तानी गरेका सेयरधनीहरूलाई बाँकी प्रतिकित्ता ९० रुपैयाँ भुक्तानी गर्न भनेको हो । कम्पनीले सेयरधनीहरूलाई १७ कात्तिकसम्ममा सो रकम भुक्तानी गर्न आग्रह गरेको छ ।

९० रुपैयाँमध्ये सेयरधनीहरूले प्रतिकित्ता ८७ रुपैयाँका दरले रकम भुक्तानी गर्नुपर्नेछ । रकम बुझाउने अन्तिम मितिसम्ममा प्रतिकित्ता ३ रुपैयाँका दरले ब्याज प्राप्त हुने भएकोले ८७ रुपैयाँ बुझाए हुने कम्पनीले जनाएको छ । आयोजनाको सेयर १४ चैत २०७५ मा बाँडफाँट भएको थियो ।  





  • प्रकाशित मिति : असोज २४, २०७९ साेमबार ११:४५:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया