निवर्तमान सांसद तथा एमाले केन्द्रीय सदस्य गंगा चौधरीले पनि नेकपा एमाले छोडेकी छिन् । उनले यसको औपचारिक घोषणा त गरेकी छैनन् तर सोमबार विहान दाङमा एक पत्रकार सम्मेलन गर्दै उनले स्वतन्त्रबाट उम्मेदवारी दिनुको कारण बताउँदै आफू स्वतन्त्र भए पनि निर्वाचनमा होमिने दाबीलाई दोहो¥याएकी छिन् ।
उनले एमालेले विदेशी दबाबमा आफूलाई प्रतिनिधिसभाको टिकट नदिएको आरोपसमेत लगाएकी छिन् ।
आफूले नेपाली भूमि फिर्ता ल्याउन भारतीय हस्तक्षेपबारे बारम्बार प्रश्न उठाएको बताउँदै चौधरीले एमसिसीको विरोधमा पनि संसदमा आफूले प्रभावशाली आवाज राखेको बताएकी छिन् ।
उनले सरिता गिरिलाई संसदबाट आउट गर्न आफूले भूमिका खेलेको भन्दै एमालेले अहिले आफूलाई टिकट नदिनुमा विदेशी दबाब रहेको आरोप लगाएकी छिन् ।
उनले स्वतन्त्र उम्मेदवारी दिएपछि पार्टीले आफूलाई केन्द्रीय सदस्य पदमा रहने नरहने कुरा पार्टीले नै बुझ्नु पर्ने पनि बताएकी छिन् । उनले आफूले पार्टी छाडेको स्पष्ट त बताएकी छैनन्, तर आफू अब एमालेमा रहेको भए स्वतन्त्रबाट उम्मेदवारी नदिने तर्क गरेकी छिन् ।
नेकपा एमालेले उनको क्षेत्रमा शान्ता चौधरीलाई प्रतिनिधिसभाको टिकट दिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।