स्वास्थ्यमन्त्रीको सल्लाहकार छाडेर स्वतन्त्र उम्मेदवारी

आसन्न मंसिर ४ गते हुने निर्वाचनमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी खापुङका स्वास्थ्य सल्लाहकार डा. खगेन्द्र कटुवालले स्वतन्त्र उमेदवारी दिएका छन् ।

तेह्रथुम जिल्लाको निर्वाचन क्षेत्र (क) प्रदेशसभाका लागि आइतबार निर्वाचन कार्यालय तेह्रथुममा पुगेर उमेदवारी दिएका हुन् । २०७९ को स्थानीय निर्वाचनमा छथर गाउँपालिका ५ बाट वडा सदस्यमा निर्वाचित भएका कटुवालले मंसिर ४ गते हुने प्रदेशसभा निर्वाचन उमेदवारी दिएका हुन् ।

मन्त्रीको स्वास्थ्य सल्लाहकार र वडा सदस्य पद आइतबार नै राजीनामा गरी उमेदवारी दिएको कटुवालले बताए । उनी भन्छन्, ’राजनीतिक पार्टीबाट मात्रै जनताको भावनाअनुसार काम नभई रहेकोले विकल्पको स्वतन्त्र उमेदवारी दिएको हुँ । जनताको माझ गएर जनताकै हितमा काम गर्ने अठोटका साथ मेरो उमेदवारी हो । आशा छ, मेरो स्वतन्त्र उमेदवारीमा जनताले साथ दिनुहुनेछ ।‘
 
एक मात्र निर्वाचन क्षेत्र रहेको तेह्रथुममा प्रतिनिधिसभाका लागि १० र प्रदेसभाका लागि १८ जना गरी २८ जनाले मनोनयन दर्ता गरेको जिल्ला निर्वाचन कार्यालय तेह्रथुमले जनाएको छ । 

योसँगै तेह्रथुममा ३ पदका लागि २८ जनाले उमेदवारी दिएका छन् । २ नगरपालिका ४ गाउँपालिका रहेको तेह्रथुममा ४३ वटा वडा रहेका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार ३५ हजार १ सय ३९ महिला ३६ हजार ७ सय ९४ रहेका छन् ।





  • प्रकाशित मिति : असोज २४, २०७९ साेमबार १८:३५:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया