मंसिर ४ गते हुने निर्वाचनमा पार्टीले टिकट नदिएपछि असन्तुष्ट बनेका नेकपा एमालेका नेता डा. भीम रावलले उचित समयमा बोल्ने बताएका छन् । रावलले सोमबार सामाजिक सञ्जालमा लेख्दै आफूलाई उम्मेदवार नबनाए पनि ठिक छ भनेको भनी प्रचार गर्नु कुनियत भएको बताएका छन् ।
‘मेरो नाम क्षेत्र, जिल्ला र प्रदेशबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारको रूपमा सर्वसम्मत एकल पठाइँदा पनि केन्द्रबाट अन्यायपूर्ण किसिमले हटाइएको विषयमा मैले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन,’उनले लेखेका छन्, ‘मलाई उम्मेदवार नबनाए पनि ठिक छ भनेको भनी प्रचार गर्नु कुनियत हो। उचित समयमा बोल्ने नै छु।’
नेता रावलको प्रदेशबाट एकल नाम पठाए पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनलाई टिकट दिएनन् । उनीसँगै टिकट नपाएका घनश्याम भुसालले पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिइसकेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।