विराटनगरमा १० वर्षीया बालिकाकाे बलात्कारपछि हत्या

विराटनगर– माघ १३ गते सिंघिया खाेलामा शव भेटिएक विराटनगरकी १० वर्षीया रुमती दासकाे बलात्कारपछि हत्या भएकाे माेरङ प्रहरीले निष्कर्ष निकालेकाे छ । उनकाे हत्या र बलात्कारमा संलग्न भएकाे अभियाेगमा विराटनगरका १९ वर्षीय चन्दु महतो र २५ वर्षीय अब्बास अन्सारीलाई पक्राउ गरेर प्रहरीले आइतबार सार्वजनिक गरेकाे छ ।

माघ १२ गते राति ८ बजे हराएकी रूमतीको शव भाेलिपल्ट विहान फेला परेकाे थियाे । उनकाे शव घरभन्दा आधा किलाेमिटर तल खाेलामा भेटिएकाे थियाे । उनकाे शव भेट्दा नै प्रहरीले हत्या आशङ्का गरेकाे थियाे । घाँटीमा निलडाम र याैनाङ्गमा रगत जमेकाे अवस्थामा दासकाे शव भेटिएकाे थियाे ।

पक्राउ परेका अभियुक्तले बालिकाकाे घाँटी थिचेर हत्या गरेकाे स्वीकार गरेका छन् ।

 

 





  • प्रकाशित मिति : माघ २०, २०७५ आइतबार १६:४२:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया