एमालेका पछिल्ला गतिविधि अनैतिकताको नमुना : भीम रावल

नेकपा एमालेका नेता भीम रावलले राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापालाई सूर्य चिह्न दिएकोप्रति आपत्ति जनाएका छन् ।

मकवानपुर–१ का उम्मेदवार थापाले नेकपा एमालेको सूर्य चुनाव चिह्नबाट उम्मेदवार भएपछि रावलले ‘अनैतिकताको नमुना’ भन्दै आपत्ति जनाएका हुन् ।
 
उनले एमालेसँग चुनावी गठबन्धन गरेको जनता समाजवादी पार्टी शेरबहादुर देउवा नेतृत्वको सरकारमा रहिरहेको विषयलाई पनि ‘अनैतिक’ भनेका छन् । 

‘कमल थापा एमालेको सूर्यमा उम्मेदवार हुने, तर निजका अरु उम्मेदवार तीर चिह्नमा लड्ने र उपेन्द्र यादवको जसपा सरकारमा रहिरहने, तर तालमेल एमालेसँग गर्ने ?,’  रावलले भनेका छन्, ‘निर्वाचन आयोगले एक व्यक्ति दुई पार्टीमा रहन नसक्ने भनी प्रस्टयाउनु पर्ने। यस्तैलाई एमालेले बोक्ने ! के हुन लाग्यो !’ 

आफनो नाम क्षेत्र, जिल्ला र प्रदेशवाट सिफारिस भए पनि केन्द्रले टिकट नदिएको विषयमा उचित समयमा बोल्ने जनाएका रावलले थापालाई दिएको सूर्य चिह्न र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी सरकारमा नै रहिरहेको विषयलाई सामाजिक सञ्जालमार्फत प्रश्न उठाएका हुन् । 





  • प्रकाशित मिति : असोज २४, २०७९ साेमबार २१:५८:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया