च्याम्पियन्स लिगमा आज आठ खेल हुँदै, ठूला क्लब मैदान उत्रिँदै

युइएफए च्याम्पियन्स लिगअन्तर्गत आज समूह चरणका विभिन्न ८ खेलमा हुँदै छन् । आज रयिल मड्रिड, म्याचेस्टर सिटी,पिएएजी,एसी मिलान ,चेल्सी,डर्टमन्ड जस्ता ठुला टोली आ–आफ्ना खेलका लागि मैदान उत्रिँदै छन् । 

समूह‘इ’अन्तर्गत हुने खेलमा क्रोएसियन क्लब डिनामो जाग्रेबले घरेलु मैदानमा अस्ट्रियन क्लब रेडबुल साल्जवर्गको सामना गर्दै छ । यही समूहको अर्को खेलमा इटालियन क्लब एसी मिलानले घरेलु मैदनमा इंग्लिस क्लब चेल्सीसँग प्रतिस्पर्धा गर्नेछ ।

यो समूहमा सबै चारै टोलीको अघिल्लो चरण पुग्ने सम्भावना रहेकाले सबै टोली जित निकाल्दै अघिल्लो चरण पुग्ने सम्भावना बलियो बनाउन चाहन्छन् । साल्जवर्गले ५ अंक जोडेको छ । चेल्सी र मिलानको समान ४ तथा डिनामोको ३ अंक छ ।

समूह‘एफ’अन्तर्गतको खेलमा स्कटिस क्लब सेल्टिकले घरेलु मैदानमा जर्मन क्लब आरबी लाइप्जिगसँग खेल्दा युक्रेनी क्लब साख्तर डोनेस्कले स्पेनिस क्लब रियल मड्रिडको सामना गर्नेछ ।

सेल्टिक पहिलो जितको खोजीमा रहँदा आरबी लाइप्जिग पनि सेल्टीकलाई हराउँदै समूह चरण पार गर्ने सम्भावना बलियो बनाउने लक्ष्यका साथ मैदान उत्रनेछ ।

यता,रियल घरेलु टोली साख्तरलाई हराउँदै लगातार चौथो जितका साथ अर्को चरण पुग्ने सम्भावना बलियो बनाउने सोचमा छ। साख्तर पनि अघिल्लो साता बेहोरेको हारको बदला लिँदै समूहमा दोस्रो जितको खोजीमा हुनेछ ।
 
यो समूहमा रियल ९ अंक जोडेर शीर्षस्थानमा रहँदा साख्तरको ४,लाइप्जिगको ३ तथा सेल्टिकको १ अंक छ ।



समूह‘जी’अन्तर्गतको खेलमामा डेनिस क्लब एफसी कोपेनहेगनले इंग्लिस क्लब म्यानचेस्टर सिटीको सामना गर्दै छ। कोपेनहेगन घरेलु मैदानमा सिटीलाई स्तब्ध पार्ने लक्ष्यका साथ मैदान उत्रँदा युवा स्टार एर्लिङ ब्राउट हालान्डप्रेरित सिटी लगातार चौथो जित निकाल्ने सोचमा हुनेछ ।

यही समूहमा जर्मन क्लब बोरुसिया डर्टमन्डले स्पेनिस क्लब सेभियाको आतिथ्यता गर्दै छ । यो समूहमा सिटीको ९ अंक छ। डर्टमन्डको ६ तथा सेभिया र कोपेनहेगनको समान १ अंक छ ।



समूह‘एच’अन्तर्गतको खेलमा इजरायली क्लब मकाबी हाइफाले घरेलु मैदानमा इटालियन क्लब युभेन्टसको समान गर्नेछ। युभेन्टसलाई अघिल्लो चरणको यात्रा बलियो बनाउन आज जित्नै पर्ने दबाब छ। मकाबी पनि पहिलो जितको खोजीमा हुनेछ। 
 
यही समूहको अर्को खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) घरेलु मैदानमा ले पोर्चुगिज क्लब बेन्फिकासँग खेल्दै छ । चोटका कारण लियोनेल मेस्सीले बेन्फिकाविरुद्धको खेलमा उपलब्ध हुनेछैनन्। दुवै टोली जित निकाल्दै आफ्नो अपराजित यात्रालाई कायम राख्न चाहन्छन् । 

यो समूहमा समान ७ अंकाका साथ बार्सिलोना शीर्ष र बेन्फिका दोस्रो स्थानमा रहँदा युभेन्टस ३ अंकका साथ तेस्रो तथा मकाबी हाइफ विना अंक पुछारमा छ ।  

च्याम्पियन लिगमा आज हुने खेलहरू
समूह‘इ’–डिनामो जाग्रेबविरुद्ध रेडबुल साल्जवर्ग र एसी मिलानविरुद्ध चेल्सी (राति १२:४५ बजे)
समूह‘एफ’–सेल्टिकविरुद्ध आरबी लाइप्जिग र साख्तर डोनेस्कविरुद्ध रियल मड्रिड (राति १२:४५ बजे)
समूह‘जी’–कोपेनहेगनविरुद्ध म्यानचेस्टर सिटी (राति १०ः३० बजे) र बोरुसिया डर्टमन्डविरुद्ध सेभिया (राति १२:४५ बजे)
समूह‘एच’–मकाबी हाइफाविरुद्ध युभेनटस(राति १०ः३० बजे) र पिएसजीविरुद्ध बेन्फिका(राति १२:४५ बजे)

  • प्रकाशित मिति : असोज २५, २०७९ मंगलबार ११:३४:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया