४ मंसिरमा हुने प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं ५ बाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल र एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच जम्काभेट भएको छ ।
उनीहरुबीच बूढानिलकण्ठ नगरपालिका–४ मा कांग्रेस वडा कार्यसमिति सदस्य पवन कार्कीको निवासमा मंगलबार विहान भेट भएको हो । त्यहाँ उनीहरुबीच केही बेर कुराकानीसमेत भएको थियो ।
भेटमा प्रदीप पौडेलले मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने विषयमा छलफल गरेका थिए । तर, पोखरेलले यसबारे कुनै जवाफ दिएनन् ।
काठमाडौं ५ मा नेपाली कांग्रेसले गठबन्धनका तर्फबाट उम्मेदवार बनाएपछि प्रदीप पौडेलले सोमबारदेखि नै घर दैलो सुरु गरिसकेका छन् । उनी सोमबार हाँडिगाउँ पुगेका थिए । त्यहाँ उनको काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग जम्काभेट भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।