जसपाका मन्त्रीबारे निर्णय लिन देउवाले बोलाए गठबन्धनको बैठक
फाइल तस्बिर

प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनको बैठक बोलाएका छन् । गठबन्धनको एउटा दल जसपा विपक्षी एमाले गठबन्धनमा सामेल भएपछि देउवाले मंगलबार चार दलीय बैठक बोलाएका हुन् ।

जसपाका मन्त्री हटाउने विषयमा छलफल गर्न देउवाले दिउँसो २ बजे बालुवाटारमा गठबन्धनको बैठक बोलाएका छन्। प्रधानमन्त्रीको निजी सचिवालय स्रोतका अनुसार देउवाले जसपाका मन्त्रीहरूलाई हटाउने तयारी गरेका छन्। त्यसकै लागि छलफल गर्न उनले सत्ता गठबन्धनको बैठक बोलाएका हुन् ।

जसपाबाट राजेन्द्रप्रसाद श्रेष्ठ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, मोहम्मद इस्तियाक राई भौतिक पूर्वाधार तथा यातायात मन्त्री, प्रदीप यादव वन तथा वातावरण मन्त्री र मृगेन्द्रकुमार सिंह कृषि तथा पशुपन्छी विकास मन्त्री रहेका छन्।

पाँच दलीय सत्ता गठबन्धन छाडेसँगै जसपाले एमालेसँग १७ सिटका लागि तालमेल गरेको छ। गत शनिबार एमाले अध्यक्ष केपी ओली र जसपा अध्यक्ष उपेन्द्र यादवले चुनावपछि पनि निरन्तर सहकार्य रहने सहमतिसहित तालमेल गर्ने निर्णय गरेका थिए। एमालेसँग तालमेल गरे पनि उपेन्द्रले प्रधानमन्त्री देउवाले आफ्ना दलका मन्त्रीलाई हटाउन नहुने धारणा सार्वजनिक गरेका छन् ।





  • प्रकाशित मिति : असोज २५, २०७९ मंगलबार १३:४२:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया