कोलम्वियन फरवार्ड डियाज कम्तीमा तीन महिना मैदान बाहिर रहने

इंग्लिस क्लब लिभरपुलका कोलम्वियन फरवार्ड लुइस डियाज कम्तीमा पनि ३ महिना मैदान बाहिर हुने भएका छन् ।

घुँडाको चोटका कारण उनी डिसेम्बरसम्म अर्थात कम्तीमा तीन महिना मैदान बाहिर रहने भएका हुन् । प्रिमियर लिगअन्तर्गत आइतबार राति आर्सनलसँग ३–२ ले पराजित भएको खेलमा डियाज घाइते हुन पुगेका थिए ।

आर्सनलका मिडफिल्डर थोमस पार्टीसँग जुधेपछि पहिलो हाफको अन्त्यतिर उनले वैसाखीको सहारामा इमिरेट्स स्टेडियम छाड्नुपरेको थियो । 

२५ वर्षीय डियाजको सोमबार थप परीक्षण गर्दा घुँडाको लिगामेन्टमा समस्या पत्ता लागेको हो । घुँडाको चोटको शल्यक्रिया गर्नु नपर्ने भएकाले उनी विश्वकप अघिसम्म मैदान फिर्कने सम्भावना रहेको बताइएको छ । 

कतारमा विश्वकपअघि लिभरपुलले १३ नोभेम्बरसम्ममा १० खेल खेल्ने तालिका छ ।

डियाजको चोटसँगै यो सिजन खराब प्रदर्शन गरिरहेको लिभरपुललाई थप समस्या थपिएको छ । गत सिजनको उपविजेता लिभरपुल यो सिजन ८ खेल खेल्दा १० अंक जोड्दै १० औं स्थानमा रहेको छ ।



लिभरपुलले कमजोर सुरुवात गरे पनि डियाजले लिभरपुलका लागि उच्च प्रदर्शन गरिरहेका थिए । उनले यो सिजन क्लबका लागि १२ खेल खेल्दा ४ गोल गरेका छन् । लिभरपुलले बुधबार च्याम्पियन्स लिगमा रेञ्जर्ससँग खेल्दै छ ।



  • प्रकाशित मिति : असोज २५, २०७९ मंगलबार १५:५४:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया