४ मंसिरमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दिएका नागरिक उन्मुक्ति पार्टीका दुई उम्मेदवार लक्ष्मण थारु र रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ ।
यी दुवैको उम्मेदवारी खारेज हुनुको कारण चाहिँ एउटै हो ।
२०७२ सालमा टीकापुरमा भएको हिंसात्मक घटनामा दोषी पाइएकाले कैद सजायँ तोकिएकाले यी दुईको उम्मेदवारी खारेज भएको हो । चौधरीले अहिले कैद सजाय भोगिरहेका छन् भने थारु फरारको सूचीमा छन् ।
थारुले कैलाली क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिएका थिए । चौधरीले बर्दिया २ बाट उम्मेदवारी दिएका थिए ।
दुवैले वारेसमार्फत् उम्मेदवारी मनोनयन दर्ता गराएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।