एसी मिलानलाई हराउँदै चेल्सी शीर्ष स्थानमा उक्लियो

युइएफए च्याम्पियन्स लिगअन्तर्गत गएरातिको खेलमा इंग्लिस क्लब चेल्सीले जित हात पारेको छ । उसले समूह‘इ’ अन्तर्गतको खेलमा १० खेलाडीमा समेटिएको इटालियन क्लब एसी मिलानविरुद्ध २–० को सहज जित हात पारेको हो । 

मिलानको घरेलु मैदान सान सिरोमा चेल्सीलाई जित दिलाउन जर्जिन्हो र पिएरे एमिरिक औवामियाङले १–१ गोल गरे । खेलको १८ औं मिनेटमा फिकायो टोमोरीले सिधै रातो कार्ड बेहोर्दै मैदान छाडेपछि मिलान १० खेलाडीमा समेटिएको थियो । 

२१ औं मिनेटमा जर्जिन्टोले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । ३४ औं मिनेटमा औवामियाङले पाहुना टोलीको अग्रता दोब्बर बनाए । त्यसपछि थप गोल निस्कन नसक्दा चेल्सीले २–० को सहज जित निकाल्यो । 

यो जितसँगै ४ खेलमा ७ अंक जोडेको चेल्सी शीर्ष स्थानमा उक्लिँदा पराजित मिलान समान खेलबाट ४ अंकका साथ तेस्रोमा छ । यहि समूहको अर्को खेलमा अस्ट्रियन क्लब आरबी साल्जबर्गले क्रोएसियाको डिनामो जाग्रेबसँग १–१ को बराबरी खेलेको छ ।





  • प्रकाशित मिति : असोज २६, २०७९ बुधबार ८:४६:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया