रुपन्देही २ मा गठबन्धनका उम्मेदवारको उम्मेदवारी खारेज, एमालेका विष्णु पौडेललाई सहज
राजु गुरुङ ।

४ मंसिरमा हुने निर्वाचनका लागि प्रतिनिधिसभामा रुपन्देही २ बाट उम्मेदवारी दिएका सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज भएको छ । त्यहाँ उनले नेकपा एकीकृत समाजवादीबाट टिकट पाएका थिए । 

उनका साथसाथै हाम्रो नेपाली पार्टीका कमल भुसाल र हिमाल बस्यालको पनि उम्मेदवारी खारेज भएको छ । प्रतिस्पर्धी उम्मेदवारको उम्मेदवारी खारेज भएपछि त्यहाँ नेकपा एमालेका विष्णु पौडेललाई निर्वाचनमा सहज हुने भएको छ ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं। २ का सहायक निर्वाचन अधिकृत घनश्याम गौतमले मंगलबार राति ११ बजेपछि जारी गरेको सूचनामा प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका २०७९ को दफा १५ को खण्ड ङ वमोजिम उम्मेदवार हुन पाउने योग्यता नपुगेकाले तीनैजनाको उम्मेदवारी खारेज भएको उल्लेख छ ।

गुरुङविरुद्ध उनी अध्यक्ष रहेको नर्थ वेस्ट नेपाल इन्फ्रा प्रालिले गौतमबुद्ध विमानस्थल निर्माणको ठेक्कामा सामान आपूर्ति गरेको बेस्ट प्रोजेक्ट म्यानेजमेन्ट एण्ड सप्लायर्स प्रालिलाई तिर्नुपर्ने २ करोड ५० लाख बराबरको रकमका लागि विभिन्न मितिमा काटिएका ८ वटा चेक बाउन्स भएपछि गुरुङको कम्पनीलाई सिद्धार्थ बैंकले कालोसूचीमा राखेको थियो ।

यस्तै कमल भुसाल नेपाल सरकारले उपलब्ध गराएको छात्रवृत्ति कोटामा चिकित्साशास्त्र अध्ययन गरिरहेकाले सरकारबाट आर्थिक लाभ लिइरहेको भन्दै उजुरी परेको थियो ।

यही आधारमा उनीहरुको उम्मेदवारी खारेज भएको हो ।



यसअघि वैशाखमा भएको स्थानीय तह निर्वाचनमा यो क्षेत्रका वडाहरुमा वडाध्यक्षका उम्मेदवारहरुले पाएको मत संख्या हेर्दा गठबन्धन एमालेभन्दा २ हजारभन्दा बढी मतले अगाडि थियो । तर, अब सत्ता गठबन्धन उम्मेदवारविहिन हुने भएपछि यो क्षेत्रमा नेकपा एमालेका उम्मेदवारलाई सहज हुने भएको हो ।



  • प्रकाशित मिति : असोज २६, २०७९ बुधबार ९:५२:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया