दीपक मनाङे निर्विरोध निर्वाचित
फाइल तस्वीर ।

४ मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि मनाङ निर्वाचन क्षेत्र नम्बर ‘ख’बाट प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिएका राजीव गुरुङ उर्फ दीपक मनाङे निर्विरोध निर्वाचित भएका छन् । यसको औपचारिक घोषणा भने हुन बाँकी छ । 

त्यो क्षेत्रमा उनको प्रतिस्पर्धामा अरु कोही नभए पछि उनी निर्विरोध भएका हुन् । उनले स्वतन्त्र रुपमा उम्मेदवारी मनोनयन गराएका थिए ।

उनीसँग प्रतिस्पर्धामा उत्रिएका अर्का स्वतन्त्र उम्मेदवार दोर्जे लामा गुरुङले आज आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारी फिर्ता लिनका लागि उनले प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिइसकेका छन् । 

निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिन चाहनेका लागि आज दिउँसो ३ बजेसम्मको समय दिएको छ ।

निर्वाचन अधिकृतको कार्यालय मनाङका सहायक निर्वाचन अधिकृत तारादत्त बडूले दिएको जानकारीअनुसार दोर्जे लामाले उम्मेदवारी फिर्ताका लागि निवेदन दिएका छन् । यसको सूचना दिउँसो ३ बजे निकालिने पनि उनले जानकारी दिएका छन् । 

निर्वाचन अधिकृतको कार्यालयले यो सूचना प्रकाशन गरेपछि मनाङे आगामि ४ मंसिरमा हुने निर्वाचनमा प्रतिस्पर्धामा नै बस्नु पर्ने छैन । उनी निर्विरोध भएको सूचना निर्वाचन अधिकृतको कार्यालयले नै टाँस गर्ने छ । 



यसअघि पनि मनाङे स्वतन्त्र रुपमा प्रदेश सभा सदस्य भएका थिए । 



  • प्रकाशित मिति : असोज २६, २०७९ बुधबार ११:३२:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया