सुनको मूल्य तोलामा दुई सयले बढ्यो

साताको चौथो कारोबार दिन बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको छ ।

मंगलबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बुधबार दुई सय रुपैयाँले बढेर ९४ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज तेजाबी सुनको मूल्य ९३ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने घटेको छ । बुधबार चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।





  • प्रकाशित मिति : असोज २६, २०७९ बुधबार ११:४४:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया