भीम रावलले बोलाए पत्रकार सम्मेलन, टिकट नदिएको विषयमा बोल्ने

नेकपा एमालेका नेता भीम रावलले पार्टीले आफूलाई आसन्न निर्वाचनमा उम्मेदवार नबनाएको विषयमा आफ्नो धारणा राख्ने भएका छन् ।

उनले यसका लागि बिहीबार दिउँसो १ बजे काठमाडौंको बानेश्वरमा पत्रकार सम्मेलन गर्ने भएका छन् ।

अछामबाट सर्वसम्मत सिफारिसमा परेका रावलको ठाउँमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झपट बोहरालाई टिकट दिएका थिए । आफूलाई उम्मेदवार नबनाएको विषयमा यसअघि चुप रहँदै आएका रावलले आफू उचित समयमा बोल्ने बताउँदै आएका थिए ।

उनले आफू सर्वसम्मत एकल सिफारिसमा पर्दा पनि केन्द्रबाट अन्यायपूर्ण किसिमले हटाइएको बताएका छन् ।





  • प्रकाशित मिति : असोज २६, २०७९ बुधबार १४:४८:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया