घनश्याम भुसालको चुनाव चिह्न त्रिभुज

नेकपा एमाले परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसालले त्रिभुज चुनाव चिह्न पाएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टिकट नदिएपछि उनले एमाले परित्याग गरेको बताएका थिए । उनलाई सत्तारुढ गठबन्धनले चुनावमा सहयोग गर्ने जनाएको छ । सत्तारुढ गठबन्धनमा नेकपा माओवादी केन्द्रले भुसाललाई सहयोग गर्न आफ्नो उम्मेदवार उठाएको छैन । 

नेकपा एमालेले यो क्षेत्रमा छविलाल विश्वकर्मालाई टिकट दिएको छ ।

त्रिभुज चुनाव चिह्न पाएपछि भुसालले लोकतन्त्र, सामाजिक न्याय र विकासको संगम त्रिभुज चिह्न पाएको र अब यसका लागि भोट माग्ने बाटो खुलेको बताएका छन् ।






  • प्रकाशित मिति : असोज २६, २०७९ बुधबार १७:९:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया