काठमाडाैं– युएईसँगको ओडिआई र टी–२० सिरिज जितेको नेपाली क्रिकेट टिमलाई प्रधानमन्त्री केपी ओलीले बधाई दिएका छन् ।
‘तेस्रो टी–२० खेलमा नेपालले युएईसँग १४ रनले विजय हासिल गरेको थाहा पाउँदा अत्यन्तै खुसी लागेको छ,’ केहीबेरअघि ट्विट गर्दै प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘नेपाली क्रिकेटका लागि यो अर्को ठूलो सफलता हो । नेपाली क्रिकेट टिमका सम्पूर्ण सदस्यलाई हार्दिक बधाई ।’
तेस्रो टी-२० खेलमा नेपालले युएईसँग १४ रनले विजय हासिल गरेको थाहा पाउँदा अत्यन्तै खुसी लागेको छ । नेपाली क्रीकेटका लागि यो अर्को ठूलो सफलता हो। नेपाली क्रीकेट टिमका सम्पूर्ण सदस्यलाई हार्दिक वधाई !
— K P Sharma Oli (@kpsharmaoli) February 3, 2019
यस्तै, सरकारले जनताका गुनासा सुन्न र सम्बोधन गर्न बनाएको ‘हेलो सरकार’को ट्विटर ह्यान्डलबाट पनि नेपाली टिमलाई बधाई दिइएको छ ।
हेलो सरकारले ट्विटमा लेखेको छ, ‘युएईबाट फेरि खुसीको खबर आएको छ, नेपालले आफ्नो पहिलो टी–२० क्रिकेट शृङ्खला जितेको छ । यस जीतले नेपाली क्रिकेटलाई थप हौसला दिएको छ । बधाई टिम नेपाल ।
युएईबाट फेरि खुशीको खबर आएको छ! नेपालले आफ्नो पहिलो टी-२० क्रिकेट शृङ्खला जितेको छ। यस जीतले नेपाली क्रिकेटलाई थप हौसला दिएको छ। बधाई टीम नेपाल!!
— हेलो सरकार HelloSarkar (@Hello_Sarkar) February 3, 2019
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।