प्रतिनिधिसभा सदस्यका लागि ८६७ स्वतन्त्र उम्मेदवार, कुल उम्मेदवार दुई हजार ४१२

 
निर्वाचन आयोगका अनुसार आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि देशभरबाट ८६७  जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । 

निर्वाचन आयोगले प्रकाशित गरेको उम्मेदवारको अन्तिम नामावली सूचीमा स्वतन्त्रतर्फ ८६७ उम्मेदवार कायम भएका हुन् ।

१६५ निर्वाचन क्षेत्रमा स्वतन्त्र र विभिन्न पार्टीका गरी जम्मा दुई हजार ४१२ उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । 

उम्मेदवारी फिर्ताको समय सकिएपछि आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको हो । 





  • प्रकाशित मिति : असोज २६, २०७९ बुधबार २२:१५:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया