आमिर खानले खेलेको बैंकको विज्ञापन जसमाथि प्रश्न उठाए मध्यप्रदेशका गृहमन्त्रीले

बलिउड अभिनेता आमिर खानको एउटा विज्ञापनमाथि मध्यप्रदेशका गृहमन्त्री नरोत्तम मिश्राले आपत्ति जनाएका छन् । 

एउटा नीजि बैंकको विज्ञापनमा आमिर खान विवाहपछि बेहुलीको घरमा गएको देखिन्छ । 

विवाहपछि श्रीमतीको घरमा उनी जानुलाई पुरानो प्रथा तोडिएको र ज्वाइँ बेहुलीको घरमा गएको तरिकाले देखाइएको छ । विज्ञापनमा आमिरसँग अभिनेत्री कियारा आडवाणी छिन् ।

यसमाथि प्रश्न उठाउँदै मध्य प्रदेशका मन्त्री नरोत्तम मिश्राले आफूले आमिर खानको विज्ञापन देखेको र भारतीय परम्परा तथा रीति रिवाजको ख्याल नगरि विज्ञापन बनाइएको बताएका छन् । उनले यसलाई आफूले उचित नमानेको र यसले धर्म विशेषको भावनामा आहत पुग्ने उनले बताएका छन् ।





  • प्रकाशित मिति : असोज २७, २०७९ बिहीबार २:५९:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया