हिजो आजका कुराको प्रिमियर सोमा कसले के भने ?

नेपाली चलचित्र हिजो आजका कुराको प्रिमियर सो भएको छ । बुधबार एक कार्यक्रमबीच काठमाडौंमा चलचित्रको प्रिमियर सो गरिएको हो । 

प्रिमियर सोमा विभिन्न कलाकारको उपस्थिति थियो । प्रिमियर सोपछि बोल्दै वरिष्ठ कलाकार किरण केसीले हिजो आजका कुरा दिमागबाट निस्किएको उपज भएको बताए । चलचित्रको विषयवस्तु सशक्त लागेको उनले बताए । 

त्यस्तै, अभिनेत्री केकी अधिकारीले चलचित्र कस्तो छ भन्ने कौतुहलता रहे पनि प्रिमियर सोपछि राम्रो लागेको बताइन् । इतिहाससरहको चलचित्रमा सानो रोल गर्न पाउँदा आफूलाई खुसी लागेको उनले बताइन् । 

त्यस्तै, कलाकार जितु नेपालले फिल्मले अहिलेको कथावस्तुलाई पर्दामा उतारेको भन्दै प्रशंसा गरे । अभिनेता दीपकराज गिरीले हिजो आजका कुराबाट नै रंगकर्मी बन्ने अवसर पाएको भन्दै हिजो आजका कुरा फिल्म बनेर आउँदा खुसी लागेको बताए । 

त्यस्तै, कलाकार केदार घिमिरेले चलचित्रले समसामयिक कुरा उठाएको भन्दै प्रशंसा गरे । अभिनेत्री दीपाश्री निरौलाले फिल्म एकदमै राम्रो बनेको र सबै चलचित्र हेर्न जाने दर्शकले आनन्द लिएर फर्किनेमा विश्वस्त रहेको बताइन् । 

त्यस्तै, वरिष्ठ कलाकार सन्तोष पन्तले चलचित्र कस्तो छ भन्ने कुरा अब दर्शकहरुले भन्ने बेला आएको बताए । त्यस्तै निर्देशक साकार पन्तले हिजो आजका कुराले दर्शकलाई निराश नबनाउने दाबी गरे । अभिनेत्री ऋचा शर्माले सिनेमा बनाएपछि चल्छ भन्ने आश सबैलाई हुने भए पनि यो सिनेमा एउटा इतिहास भएको बताइन् । 



नेपाली फिल्म हिजो आजका कुरा शुक्रवार (भोलि) बाट देशभर प्रदर्शनमा आउँदै छ । पन्त फिल्म प्रोडक्सनको प्रस्तुति रहेको फिल्ममा सन्तोष पन्त, रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा, रिमा विश्वकर्मा, दिव्यदेव पन्त, साकार पन्त, जेविका कार्की, स्वर्गीय जयनन्द लामालगायतको अभिनय छ । 

रवि सायमीको छायांकन रहेको फिल्मलाई विनय कंसाकारले सम्पादन गरेका छन् । झन्डै डेढ दशक नेपाल टेलिभिजनमा निरन्तर प्रसारण भएको ‘हिजो आजका कुरा’ लोकप्रिय टेलिसिरियलमा गनिन्छ । सोही नाम सापटी लिएर अहिले फिल्म निर्माण भएको हो ।



  • प्रकाशित मिति : असोज २७, २०७९ बिहीबार १८:८:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया