मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले सत्ता गठबन्धनका मन्त्रीहरुलाई राजीनामा दिन फोनमार्फत आग्रह गरेका छन् ।
राउतले मन्त्रीहरुलाई फोन गरेर संघ सरकारबाट आफ्नो पार्टीका मन्त्रीहरुलाई हटाइएपछि प्रदेशमा रहेका सत्ता गठबन्धनबाट सरकारमा रहेका मन्त्रीहरुलाई राजीनामा दिन आग्रह गरेको बताइएको छ ।
मुख्यमन्त्रीले मन्त्रीहरुलाई राजीनामा नदिए पदबाट बर्खास्त गर्ने बताएको भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले जानकारी दिए ।
यादवले नेपाली कांग्रेस, नेकपा माओवादी र एकीकृत समाजवादी तीनवटै दलका मन्त्रीहरुको भोलि बिहानै बैठक बसेर यस विषयमा छलफल गरिने जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।