निश्चल बस्नेतको आग्रह : काम गरिखान सक्ने अवस्था सिर्जना गर्नुस् सरकार !

अभिनेता निश्चल बस्नेतले देश विकासका लागि सही मानिस चुन्नुपर्ने बेला आएको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अभिनेता बस्नेतले देश निर्माणका लागि आगामी निर्वाचनबाट सही नेतृत्व चयन गर्नुपर्ने बताएका हुन् । 

पछिल्लो समय देशमा जनताले अनुभूति गर्नसक्ने कुनै राम्रा काम नभएकाले देशको नेतृत्व परिवर्तन गर्नुपर्ने बेला आएको उनले बताए । देश विकास गर्ने दृढ इच्छाशक्ति भएमा हरेक मानिसले देशको लागि सही काम गर्नसक्ने उनले बताए । हरेक नेपालीहरु नेतृत्वलाई खबरदारी गर्नसक्ने स्थितिमा पुग्नु जरुरी रहेको उनले उल्लेख गरे । 

अभिनेता बस्नेतले निर्वाचनताका हरेक पार्टीहरुले देश विकासको नाममा बाटो निर्माण, पानी, ग्यास, इन्टरनेका सुविधा दिने कुरा गरेको भन्दै यो कुरा सरकारले नागरिकलाई दिनैपर्ने अधिकार भएको बताए । सरकारले जनतालाई गरिखान सक्ने वातावरण सिर्जना गरे हरेक नागरिकले काम गरेर जीवन यापन गर्न सक्षम रहेको बस्नेतले दाबी गरे । 





  • प्रकाशित मिति : असोज २७, २०७९ बिहीबार २१:१४:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया