यस्तो छ रुपन्देही–२ का उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजीको फैसला
फरकधार / २८ असोज, २०७९
यो सामग्री सेयर गर्नुहोस्

४ मंसिरमा हुने प्रतिनिधि सभा निर्वाचनमा रुपन्देही–२ का नेकपा एकीकृत समाजवादीका तर्फबाट गठबन्धनका उम्मेदवार राजु गुरुङ आफ्नो उम्मेदवारी खारेजीको विषय लिएर रिट हाल्न सर्वोच्च अदालत पुगेका छन् ।



उनको रिटको सुनुवाई आज हुने भएको छ ।



निर्वाचत अधिकृतको कार्यालयले उनको उम्मेदवारी खारेज गर्न चाहिँ उनी कर्जा सूचना केन्द्रको कालो सूचीमा भएको विषयलाई आधार बनाएको छ । 



फरकधारलाई निर्वाचन अधिकृतको कार्यालयले राजु गुरुङको विषयमा गरेको फैसलाको पूर्णपाठ प्राप्त भएको छ । 



फैसलामा राजु गुरुङ स्वयंले आफू कालो सूचीमा रहेको स्वीकार गरेको उल्लेख गरिएको छ । त्यस्तै, २ करोड २५ लाखको चेक बाउन्स मुद्दामा उनले अदालतबाट भएको निर्णयअनुसार उक्त रकम चुक्ता नगरेको पनि उल्लेख गरिएको छ । 

हेर्नुहोस्, फैसलाको पूर्णपाठः 





  • प्रकाशित मिति : असोज २८, २०७९ शुक्रबार ९:१३:२,   अन्तिम अपडेट : असोज २८, २०७९ शुक्रबार ९:१८:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया