नवौं राष्ट्रिय खेलकुदः आर्मीको विजयी सुरुवात

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले विजयी सुरुआत गरेको छ ।

उसले पोखराको गोस्टेघाट खेल मैदानमा शुक्रबार लुम्बिनी प्रदेशलाई ४–१ले हराउँदै विजयी सुरुवात गरेको हो । आर्मीको जितमा जर्ज प्रिन्स कार्की,भरत खवास,दिनेश हेन्जन र नवयुग श्रेष्ठले १–१ गोल गर्दा लुम्बिनीका चेतन थारुले १ गोल फर्काए ।

त्यस्तै,महिला फुटबलमा घरेलु टोली गण्डकी प्रदेशले पनि विजयी सुरुवात गरेको छ । उसले स्याङजाको वालिङमा सम्पन्न खेलमा कर्णाली प्रदेशलाई ३–०ले हराउँदै विजयी सुरुवात गरेको हो । 

गण्डकीलाई जित दिलाउन उदया थापाले २ तथा शान्ती नेपालीले १ गोल गरे । 





  • प्रकाशित मिति : असोज २८, २०७९ शुक्रबार १७:४०:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया