सारा अलि खान आजभोलि आफ्नो फिल्मका कारण होइन, डेटिङका समाचार आउन थालेकाले चर्चामा छिन् । बलिउडकी यी अभिनेत्रीको नाम अहिले क्रिकेटर शुभमन गिलसँग जोडिएको हो ।
उनीहरु एउटै विमानस्थलमा र एउटै होटलमा देखिएपछि यो चर्चा चल्न थालेको हो ।
अहिले पछिल्लो उनीहरुको एउटा भिडियो भाइरल नै भएको छ । उनीहरु अहिले अफेयरमा रहेको चर्चा पनि धेरैले गर्न थालेका छन् ।
शुभमनको नाम चाहिँ यसअघि क्रिकेटर सचिन तेन्दुलकरकी छोरी सारासँग पनि जोडिएको थियो । तर, उनीहरुले आफूहरु अफेयरमा भएको कहिल्यै स्वीकार गरेनन् । उनीहरुले सामाजिक सन्जालमा एकअर्कालाई अनफलो गरेपछि उनीहरुको ब्रेकअप भएको हुनसक्ने अनुमान गर्न थालिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।