कर्णाली राजमार्ग अवरुद्ध भएपछि जुम्लामा हेलिकोप्टरबाट राहत सामग्री वितरण

बाढी पहिरोले कर्णाली राजमार्ग अवरुद्ध गरेपछि  बाढी पीडितलाई राहत दिन सकस  भएको छ । बाढी पहिरोबाट प्रभावित  घर परिवारलाई कर्णाली प्रदेश सरकारले  हेलिकप्टरबाट राहत सामग्री  वितरण गरेको  छ ।  जिल्ला विपद् व्यवस्थापन समितिको पहलमा कर्णाली  प्रदेश सरकारले जुम्लाको हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकामा हेलिकोप्टरबाट अत्यावश्यक सामग्री राहत वितरण गरेको हो । 

 सेनाको अगष्टा हेलिकोप्टरमा सो क्षेत्रमा केही राहत पुयाईएको नेपाली सेनाले जानकारी दिएको छ । नेपाली सेनाका नन्दबक्स गणका गणपति रविन थापाका अनुसार नेपाली सेनाको हेलिकोप्टरले हिमा, सिंजा र कनकासुन्दरीमा केही राहत पुर्‍याएको हो ।

यस्तै, नेपाली सेनाको २४ नम्बर बाहिनीका अनुसार २६ गते कनकासुन्दरी गाउँपालिका सुन्दरीमा चाईनिजपाल ४ वटा, कम्वल ४० वटा र डिटोल सावुन एक कार्टुन वितरण गरिएको छ । सिंजा गाउँपालिकामा त्रिपाल २५ वटा, कम्बल २५ वटा, प्लाष्टिक पाल २५ वटा पुरयाईएको छ । हिमा गाउँपालिकामा कम्बल २५, त्रिपाल २५ र  डिटोल सावुन १ कार्टुन एक प्याकेट रहेको छ ।

त्यस्तै, २७ असोजमा हिमा गाउँपालिकामा ६० वटा त्रिपाल, कम्वल एक सयवटा टेण्टपाल एक सय वटा, डिटोल सावुन एक कार्टुन पुर्‍याइएको छ ।  जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले अनुसार शुक्रबार पनि हिमा र सिंजामा हेलिकोप्टरले राहत पुरयाएको छ । उनले भने,कर्णाली प्रदेश सरकारको सहयोगमा  खाद्यन्न ल्याइएको छ । 

त्यस्तै, हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले निरन्तरको पर्यासले प्रदेश सरकारको सहयोगमा तत्काल हिमाका ७ वटा वडाहरु मध्य ४,५,६ र ७ को लागि हिजो २५ गते कालिकाखेत्तुमा रअसोज २८ गते शुक्रबार १,२ र ३ वडाहरुको लागि देवारगाउँ टापुमा हेलिकप्टर द्वारा राहतका सामग्री उपलब्ध भएको बताए  ।



गत असोज १९ देखि २५ गतेसम्म परेको अविरल वर्षाले हिमा गाउँपालिकामा ३ सय ८६ घर पुर्ण क्षेति भएको गाउँपालिकाले जानकारी दिएको छ । यसै गरी सिंजा गाउँपालिकामा ५१ घर क्षति भएको गाउँपालिका अध्यक्ष पुर्ण प्रसाद धितालले जानकारी दिए  । 

 त्यस्तै, कनकासुन्दरी गाउँपालिका अध्यक्ष दामोदर आचार्यले पहिरोले ८ जनाको मानवीय क्षति भएको र घरको क्षेति कति भयो भन्ने तथ्यांक सङ्कलन भइरहेको बताए  ।  



  • प्रकाशित मिति : असोज २९, २०७९ शनिबार ७:५७:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया