४ मंसिरमा हुने निर्वाचनमा गोरखा–२ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू गोरखा आएकाले छोरी रेणु दाहालको मुड अफ भएको बताएका छन् ।
शुक्रबार त्यहाँ पार्टी अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै उनले आफू गोरखा जाने चर्चा चलेदेखि नै रेणुको मुड अफ भएको बताएका हुन् ।
रेणुले सामाजिक सन्जाल फेसबुमा प्रचण्ड गोरखा जानुलाई चितवनवासीका लागि दुर्भाग्य भएको स्टाटस लेखेकी थिइन् । अनि यसमा भित्री बाहिरी षडयन्त्रकारीको नियत भएको र यसलाई इतिहासले उजागर गर्ने पनि उल्लेख गरेकी छिन् ।
सम्बोधनमा प्रचण्डले रेणुको फेसबुकको यो पोस्टलाई पनि सम्झिएका थिए । उनले यसलाई रेणुको भावनाका कारण यस्तो पोस्ट आएको बताएका पनि छन् ।
यही कार्यक्रममा उनले गत स्थानीय निर्वाचनमा गोरखामा माओवादी केन्द्रले निकै राम्रो प्रदर्र्शन गरेकाले आफू गोरखा आएको पनि बताएका छन् । आफू गोरखा आएकाले समाजवादी क्रान्तिको थालनी हुने पनि उनले बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।