नेपाली कांग्रेस बीपीका डडेलधुराबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार कर्ण मल्लले नेकपा एकीकृत समाजवादीसँग छुट्टै सम्झौता गर्ने तयारी गरेपछि नेकपा एमालेले कांग्रेस बीपीसँग यसअघि भएको चुनावी तालमेल भंग गर्ने भएको छ ।
शुक्रबार विज्ञप्ति जारी गर्दै एमाले डडेलधुराले एक्लै चुनावमा होमिने निर्णय गरेको जनाएको हो ।
नेकपा एसका स्वतन्त्र उम्मेदवार डा. तारा जोशीलाई कर्ण मल्लले प्रदेश सभामा सहयोग गर्ने भएपछि नेकपा एमालेले यो निर्णय लिएको हो ।
यसअघि नेकपा एमालेसँग कांग्रेस बीपीले प्रतिनिधि सभा र एमालेले दुवै प्रदेशसभामा उम्मेदवारलाई सहयोग गर्ने सम्झौता गरेको थियो ।
यो क्षेत्रबाट कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा चुनावी मैदानमा छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।